२१ बैशाख २०८२, आइतबार

बारामा २२५ केजी लागुऔषध गाँजा सहित चार जना पक्राउ

रौतहट । बारा प्रहरीले लागुऔषध गाँजा २२५ केजी सहित चार जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको टोलीले आदर्शकोटवाल गाउँपालिका–३ स्थित वातारा क्षेत्रबाट एक ट्र्याक्टरमा लुकाएर राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरेको हो ।

ट्र्याक्टरको ढालामुनि फल्स बटन बनाएर लुकाइएको अवस्थामा १५ वटा काटुनमा प्याक गरिएको करिब २२५ केजी गाँजा बरामद गरिएको बारा प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पार्किङ गरी राखिएको ट्र्याक्टर ना.प्र. २–०३–००१ त ४८७६ बाट गाँजा बरामद भएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा मकवानपुर हेटौंडा नगरपालिका–४ बस्ने २१ वर्षीय कमाण प्रजा, कैलाश गाउँपालिका–४ देवतिस बस्ने २४ वर्षीय सिताराम प्रजा र बकैया गाउँपालिका–५ छतिवन बस्ने २२ वर्षीय नवराज मगर पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जानकारी दिए ।

ट्र्याक्टर चालक आदर्शकोटवाल गाउँपालिका–३ का अन्दाजी ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिँदा घटनामा अन्य व्यक्तिहरूको संलग्नता खुल्न आएको उनले बताए ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।

गाँजा बरामद गरेको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]