२८ बैशाख २०८२, आइतबार

भारत–पाकिस्तान तनावको असर नेपाल–भारत सीमामा

भारत–पाकिस्तानबीचको तनावको असर नेपाल–भारत सीमामा समेत देखिएको छ ।

प्रहरी प्रधान कार्यालयले नेपाल–भारत सीमामा सुरक्षा शतर्कता बढाउन निर्देशन दिएको हो । सोही निर्देशनअनुसार भारतसँग जोडिएको सीमामा सुरक्षामा सुरक्षा कडाई धनुषामा समेत बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले बताउनु भयो । उहाँले सीमामा आवत जावत गर्ने यात्रुको परिचय पत्र प्रमाणीकरण गर्नुका साथै आवतजावतको प्रयोजन र सवारी साधनको समेत रेकर्ड राख्न तदारुकता देखाइएको जिानकारी दिनुभयो । उहाँले भारत र पाकिस्तानबीच देखिएको विवादलाई मध्यनजर गरेर प्रहरी प्रधान कार्यालय, मधेस प्रदेश प्रहरी कार्यालयबाट भएका निर्देशनलाई कार्यान्वयन गरिरहेको बताउनु भयो । सीमामा हुने आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन लागिरहेको जानकारी दिनुभयो । आउने र जाने प्रयोजन रेकर्ड गरेर मात्रै आवतजावत गर्न दिने व्यवस्था मिलाइएको बताउनु भयो ।

यसअघि सीमावर्ती भारतीय बजार क्षेत्र वा सीमावर्ती भारतबाट आवतजावत गर्न अर्थात स्थल मार्गबाट दुवै देशका नागरिक बिना रोकावट आउने जाने गर्दथे ।

भारत–पाकिस्तान
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]