०५ जेठ २०८२, आइतबार

धनुषाको वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रम्दैयास्थित वान्डरल्याण्ड वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । शनिबार जनकपुरधामस्थित कृष्णा फाउन्डेसनले कक्षा १२ दिएका विद्यार्थीहरूका लागि भनेर मात्र एक सय रूपैयाँ शुल्क लाग्ने गरी कार्यक्रम आयोजना गरेको थियो ।

वाटरपार्कको क्षमताभन्दा बढी विद्यार्थीको उपस्थित भएपछि पार्क व्यस्थापन र विद्यार्थीहरूबीच तनाव उत्पन्न भएको थियो । सो क्रममा झडपसँगै तोडफोड हुँदा लाखौँको क्षति भएको वाटरपार्कका व्यवस्थापक अभिषेक गोइन्काले जानकारी दिएका छन् ।

कृष्णा फाउन्डेसनसँग सातसयदेखि नाै सयजना विद्यार्थी मात्र आउने भनि सहमति भएकोमा दुई हजारभन्दा बढी विद्यार्थी प्रवेश गर्न खोजेपछि झडप हुन पुगेको उनले बताए ।

आक्रोशित विद्यार्थीहरूले पार्कको मूल गेट, सिसिटिभी, सिसा, रुख विरुवा, गमला, टेन्ट, फलामको गेट, सामान राख्ने कोठा, कुर्सी, फलामलगायतमा तोडफोड गरेको उनले बताए ।
विद्यार्थीले सडकमा चल्ने २ वटा हाइसमा समेत तोडफोड गरेको जिल्ला प्रहरी धनुषाले जनाएको छ । विद्यार्थीहरू उग्र भएपछि अवस्थामा नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तोडफोडमा उत्रिएका १० जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अहिले व्यापक मात्रामा प्रहरी तैनाथ रहेका छन् । अवस्था सामान्य भएपछि कुल क्षतिको अनुमान गर्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]