११ जेठ २०८२, शनिबार

अब सबै ग्रुपमा ह्वाट्सएपको ‘भ्वाइस च्याट’ सुविधा, च्याटमै लाइभ कुराकानी गर्न सकिने

काठमाडौँ । ह्वाट्सएपले सबै प्रकारका ग्रुपमा ‘भ्वाइस च्याट’ सुविधा उपलब्ध गराएको छ । यसअघि ३३ देखि २५६ मेम्बरसम्मका ठुला ग्रुपमा मात्र उपलब्ध यो सुविधा अब साना ग्रुपका लागि पनि खुला गरिएको हो ।

कम्पनीका अनुसार नयाँ अपडेटपछि कुनै पनि ह्वाट्सएप ग्रुपमा ‘लाइभ अडियो च्याट’ सुरु गर्न सकिनेछ । यसमा प्रयोगकर्ताले ग्रुप च्याटमै बसेर वास्तविक समयमा कुराकानी गर्न सक्नेछन् ।‘अडियो ह्याङआउट’ भनिएको यो फिचरले ग्रुपमा सीमित मेम्बरबिच पडकास्टजस्तो भ्वाइस कुराकानी गर्न सकिने सुविधा दिन्छ । भ्वाइस च्याट सुरु गर्दा सहभागीहरूलाई छुट्टै नोटिफिकेसन या रिङ नजाने व्यवस्था गरिएको छ । जसले गर्दा प्रयोगकर्ताले आफूले चाहेको समयमा च्याटमा जोडिन वा बाहिरिन सक्नेछन् ।

भ्वाइस च्याटको कन्ट्रोल स्क्रिनको तल राखिने भएकाले यसलाई सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । ग्रुपमा नयाँ मेम्बरले पनि च्याटमा सहभागी हुनेबित्तिकै कुन–कुन प्रयोगकर्ता पहिल्यैदेखि च्याटमा छन् भन्ने देख्न सक्नेछन् ।यो सुविधा सुरु गर्न प्रयोगकर्ताले ह्वाट्सएप ग्रुपको च्याट बक्सको तलबाट स्वाइप गरी केहीबेर होल्ड गर्नुपर्छ । हाल यो सुविधा तीन सदस्य भएको ग्रुपमा परीक्षण गर्दा सहजै काम गरिरहेको देखिएको छ ।

कम्पनीले यो फिचर अहिले किन ल्याएको भन्ने जानकारी नदिए पनि अन्य च्याट, कल र मिडियाजस्तै यो भ्वाइस च्याट पनि इन्ड-टु-इन्ड इन्क्रिप्सनले सुरक्षित हुने जानकारी दिएको छ ।

ह्वाट्सएपले सबै प्रकारका ग्रुपमा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]