०५ साउन २०८२, सोमबार

जनकपुरमा विद्युतीय शवदाहगृह निर्माण प्रक्रिया अघि बढ्यो

जनकपुर । मधेश प्रदेश सरकारको गौरवको योजना भनिएको विद्युतीय शवदाह गृह निर्माण प्रक्रिया अघि बढाइएको छ ।प्रदेश सरकारको उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा रहेको स्वर्गद्वारमा शवदाहगृह निर्माण गर्न लागेको हो । शुक्रवार सो मन्त्रालयको सरोकारवालासंगको छलफलमा यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने निर्णय गरिएको हो ।


सरोकारवालासंगको छलफलमा वर्तमान स्वर्गद्वारको दोस्रो कितामा शवदाहगृह यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने, यसै साता टेण्डर प्रक्रिया अघि बढाइने र निर्माण भइसकेपछि सम्बन्धित जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरि कार्यविधि बनाएर स्वर्गद्वार समितिलाई संचालनको जिम्मा दिइने निर्णय गरिएको छ ।


छलफलमा उर्जा सिंचाई तथा खानेपानीमन्त्री शेषनारायण यादवले मधेश सरकारको गौरवको योजना रहेको र यो शवदाह गृह निर्माणले आम जनतालाई आर्थिक र समयको बचतसंगै वातावरणीय हिसाबले प्रदूषण रोक्ने काम समेत गर्ने बताए । दुई वर्ष भित्रमा शवदाहगृह निर्माण हुने र यसैसाता टेण्डर निकाल्ने साथै त्यसका लागि मन्त्रालयले ११ करोड रुपैयाँ छुट्याइएको जानकारी मन्त्रालयले जानकारी दिएको छ ।


कार्यक्रममा उपस्थित जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले जनकपुरधाममा शवदाह गृह निर्माण हुनु ठुलो गौरवको विषय रहेको भन्दै निर्माण सम्पन्न भएपछि तत्कालै कार्यविधि बनाएर स्वर्गद्वारी समितिलाई संचालनको जिम्ममा र आर्थिक कोष स्थापना गरि संचालनमा ल्याइने जानकारी दिए।

शवदाहगृहका लागि अढाई तल्ले भवन निर्माणसहित दुईवटा शवदाह ट्रली बेड, भृन्चुरी स्क्रबर, वेट स्क्रबर, धँुवा निस्किने चिम्नी र अस्तुलाई व्यवस्थापन गर्ने सहितका वातावरणीय संरचना निर्माण गरिनेछ ।विद्यमान परम्परागत दाहसंस्कार प्रणालीमा आउने कठिनाइ, खर्च र वातावरणीय असरलाई ध्यानमा राखेर इलेक्ट्रिक शवदाह गृहको विकल्प अपनाइएको हो । यसले काठको खपत कम गर्नुका साथै कार्बन उत्सर्जनमा समेत कमी ल्याउने विश्वास गरिएको छ।

निर्माण प्रक्रिया अघि बढ्यो
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]