०५ साउन २०८२, सोमबार

सप्तरीमा डकैतीपछि गोली फायरिङ र धारिलो हतियार प्रहार, एक जनाको मृत्यु, एक घाइते

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा डकैतीपछिको धारिलो हतियारको प्रहार र गोली फायरिङका कारण एक जनाको मृत्यु भएको छ ।

सप्तरी प्रहरीका अनुसार आज राति १ बजे सुरुङ्गा नगरपालिकाको वडा नम्बर ८ स्थित कान्तलाल चौधरीको घरमा अपरिचित समूह लुटपाट गर्न आएको थियो । सोही क्रममा धनमाल चोरी गर्न नदिँदा अपरिचित डाँका समूहले प्रहार गरेको धारिलो हतियार र गोली फायरिङ्गका कारण घरधनी चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सो क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन्। मृतकका चौधरीलार्इ बचाउन जाँदा छिमेकी रामाकान्त चौधरी घाइते भएका हुन्।

सप्तरी प्रहरीका अनुसार डकैत समूहद्वारा भएको धारिलो हतियारको प्रहार र गोली फायरिङ्गका कारण चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

तर गोली लागेर हो वा धारिलो हतियारको प्रहारले चौधरीको मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म यकिन नभइसकेकोले घटनाको सूक्ष्म अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ ।

डकैती समूहले घरबाट ५ तोला सुन, २ किलो चाँदी र केही नगदसमेत लुटेर लगेको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन्।

घाइते चौधरीको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाल घटनाको थप अनुसन्धान जारी रहेको छ।

हत्या
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]