०५ साउन २०८२, सोमबार

राधिका दासीले कोटीहोममा सहयोग गर्ने, आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञकी प्रमुख कथा वाचिका एवं भागवत मञ्जरी राधिका दासीले दुई लाख ५१ हजार एक सय ५१ रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन् । उनले उक्त रकम शनिबार हस्तान्तरण गर्ने प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म र्पुयाइएको हो ।

दासीको कथा श्रवण गर्न कोटीहोममा भक्तजन ओइरिएका छन् । कोटीहोममा हालसम्म २३ लाख ५० हजार भक्तजन सहभागी भएको आयोजकको दावी छ । शनिबार २१ करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेकाले तीन लाख ५० हजार बढी भक्तजन सहभागी हुने आयोजकको अपेक्षा छ ।

शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे दीप प्रज्ज्वलन गरिने मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले थापाले जानकारी दिए । आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरिएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ ।

शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेल्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए ।शनिबारका लागि विभिन्न जिल्लाबाट भक्तजन बोकेर तीन सय पाँच वटा गाडी पोखरा भित्रिसकेको उनको भनाइ छ । अन्य दिनको तुलनामा शनिबार ऐतिहासिक हुने उनको दावी छ ।हालसम्म करिब सात करोड रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । पोखरा(१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।

२१ करोड दीप प्रज्ज्वलन कोटीहोम
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]