Blurkart

२२ भाद्र २०८२, आइतबार

मिथिलाञ्चल क्षेत्रमा चौठचन्द्र (चौरचन) पर्व मनाइयो

जनकपुर । मधेश प्रदेशसहित मिथिलाञ्चल क्षेत्रका महिलाहरुले परम्परागत श्रद्धा र विश्वासका साथ चौठचन्द्र (चौरचन) पर्व मनाएका छन् ।
यस पर्वमा विवाहित मिथिलानी महिलाले आफ्नो सन्तानको दीर्घायु, स्वास्थ्य र परिवारको सुख–समृद्धिका लागि व्रत बस्ने गर्छन् ।

परम्पराअनुसार महिलाहरू दिनभर निराहार रही बेलुकी चन्द्रमा उदाएपछि पूजा–अर्चना गरी अघ्र्य अर्पण गर्छन् । मान्यता अनुसार चौठचन्द्रको व्रतले सन्तानलाई रोग–व्याधिबाट रक्षा गर्ने र घरमा शान्ति–समृद्धि ल्याउने विश्वास छ ।

आजको दिन मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरू समूहगत रूपमा भेला भई कथा सुन्ने, गीत गाउने र धार्मिक क्रियाकलापमा सहभागी हुने परम्परा अझै जीवित रहेको छ । केही स्थानमा यस पर्वलाई गणेश चतुर्थीसँग पनि जोडेर पूजा गर्ने चलन रहेको छ ।

सन्तानको कल्याण र मातृभक्तिले भरिएको यो पर्वले सांस्कृतिक ऐक्यबद्धता र सामुदायिक मेलमिलापलाई समेत सुदृढ बनाउने विश्वास गरिन्छ ।

चौरचन जनकपुर
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]