०५ साउन २०८२, सोमबार

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा चलाइने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ ।

आइतबार अख्तियार सूचना जारी गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, सफ्टवेयर कम्पनीसमेत १८ जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएको हो । नेपाल टेलिकमको बिलिङ सिस्टम अप्रेडको ठेक्कामा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आइतबार उनीहरुविरुद्ध मुद्दा पेस गर्न विशेष अदालतमा अख्तियारले फाइल लगिसकेको छ। अख्तियारले उनीहरुविरुद्ध ३३ करोड बिगो दाबी गरेको छ । यस प्रकरणमा पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्याल, दुई सहसचिवसहित करिब ३० जना कर्मचारी, टेलिकम सञ्चालक समितिका पदाधिकारीसँग पनि अख्तियारले बयान लिइसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान नेपाल टेलिकम
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]