Blurkart

२३ भाद्र २०८२, सोमबार

ट्रम्पको विधेयकलाई मस्कको चुनौती

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र्बपति एलन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको बताएका छन् । ट्रम्पले मस्कलाई विपक्षी डेमोक्र्याटहरूलाई समर्थन गरे भने उनले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।

ट्रम्प र मस्क ‘बिग ब्युटिफुल बिल’ लाई लिएर विवाद बढिरहेको छ । ट्रम्प यस विधेयकको समर्थनमा छन् भने मस्क यसको विपक्षमा छन् । यो विधेयक मे २२ मा तल्लो सदन अमेरिकी कांग्रेसमा केवल १ मतको अन्तरले पारित भएको छ ।

यसले समर्थनमा २१५ र विपक्षमा २१४ मत पायो। अब यो सिनेटमा विचाराधीन छ, जहाँ यसलाई जुलाई ४, २०२५ सम्ममा पारित गर्नुपर्नेछ ।

मस्क अब ट्रम्पको यो विधेयकको विरोधमा खुलेर लागेका छन् । ट्रम्पले यो ‘देशभक्तिले भरिएको’ कानून भएको दाबी गर्छन् । यसको पारितले अमेरिकामा लगानी बढाउनेछ र चीनमाथिको निर्भरता घटाउनेछ। जबकि मस्कले यसलाई बेकारको खर्चले भरिएको भरिएको बिल मान्छन् ।

रिपोर्टका अनुसार, मस्कले यो बिल पारित हुनबाट रोक्न ३ रिपब्लिकन सांसदहरूलाई आफ्नो पक्षमा पारेका छन् ।

मस्कले यसलाई सरकारी अनुदान वितरण गर्ने ‘लुट कागजात’ भएको टिप्पणी गरेका छन् । यसले राष्ट्रिय घाटा २.५ ट्रिलियन डलरले बढाउने उनको दाबी छ । साथै उनले रिपब्लिकन सांसदहरूलाई यस विधेयकलाई समर्थन गर्नेहरूविरुद्ध २०२६ को मध्यावधि चुनावमा विरोध गर्ने चेतावनी समेत दिएका छन ।

रान्ड पल, रोन जोनसन र माइक ली जस्ता केही रिपब्लिकन सिनेटरहरूले खुलेआम मस्कको समर्थनमा बाहिर आएका छन् र उनीहरुले विधेयकमा परिवर्तन चाहेको बताएका छन्। यी सांसदहरूले विधेयकको विरुद्धमा मतदान गर्ने बताएका छन् ।

ट्रम्पले यसलाई आफ्नो आर्थिक योजनाको मेरुदण्ड मान्छन्, तर यदि मस्कको पैरवीले प्रभाव देखाउन जारी राख्यो भने, ट्रम्पले विधेयक परिवर्तन गर्नु मात्र नभई आफ्नै पार्टीमा समर्थन जुटाउन फरक रणनीति अपनाउनु पर्ने हुन सक्छ ।

यस विधेयकले विद्युतीय सवारी साधन र सौर्य ऊर्जाको लागि बाइडेन सरकारले दिएको कर छुट समाप्त गर्ने प्रस्ताव गरेको छ, जसले मस्कको कम्पनी टेस्लालाई हानि पुर्‍याउन सक् छ।

अमेरिकी सिनेटमा रिपब्लिकनहरूको ५३-४७ को बहुमत छ । ३ जना सिनेटरहरूले पहिले नै विधेयकको विरुद्धमा मतदान गर्ने बताएका छन्। यस्तो अवस्थामा, कुरा ५०-५० मा आइपुगेको छ। यदि थप १ जना सांसदले पनि यो विधेयकको विरुद्धमा मतदान गरे भने, ट्रम्पले यो विधेयक पारित गराउन सक्ने छैनन् ।

यदि यो विधेयक सिनेटमा पारित भएन भने, यसलाई प्रतिनिधि सभामा फेरि एक पटक पारित गर्नुपर्ने हुन्छ । जबकि ट्रम्पले यो विधेयक यसअघि केवल १ मतको अन्तरले पारित गराउन सफल भएका थिए ।

मस्कको विरोधको बाबजुद पनि, ट्रम्पले यो विधेयक पारित गराउन प्रयास गर्न थालेका छन्। उनले धेरै सिनेटरहरूसँग भेटेका छन् र फोनमा पनि कुरा गरेका छन्, ताकि उनीहरूलाई विधेयकको समर्थनमा मतदान गर्न मनाउन सकियोस् ।

ट्रम्प मस्क
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]