०५ साउन २०८२, सोमबार

सत्ताको दमनका कारण सदन अवरुद्ध भएको हो ः सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सत्ताको आफ्नै दमनका कारण सदन रोकिएको बताएकी छन् । सोमबार प्रतिनिधी सभाको बैठक रोकिएपछि संघीय संसद बाहिर संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले सदनले उम्किने बाटो नरोजी जनतालाई स्पष्ट पार्न आग्रह गरिन् ।


उनले भनिन्,‘छानबिन समितिप्रति चित्त बुझाउने ठाँउ छैन । नयाँ बनाउने भनी वार्ता गर्ने वित्तिकै सहमतिमा आउन सकिन्छ ।’ उनले सभामुखले सबै दललाई एकैठाँउमा भेला गराएर सदन संचालन गर्ने बाटोतर्फ लैजाँदा सबैको हित हुने समेत बताइन् ।
उनले दिर्घकालिन समाधानका लागि उच्च स्तरको छानबिन समिति बनाउन प्रस्ताव राख्दा सत्तापक्षबाट अस्वीकार भएकाले आफूहरु एक्सनमा उत्रिएको बताइन् ।


सांसद गौतमले भिजिट भिसा प्रकरणबारे सत्यतथ्य खबरहरु बाहिर आउन आवश्यक रहेको बताइन् । ‘रास्वपाको आन्दोलन केही हप्तादेखि चलिआएको छ । भिजिट भिसा प्रकरणबारे सत्यतथ्य खबरहरु बाहिर आउन आवश्यक छ । यसमा सरकार संवेदनसिल हुन आवश्यक छ । त्यसको लागि दिर्घकालिन रुपमा उच्च किसिमको छानबिन समिति बनाउन प्रस्ताव राख्दा सत्तापक्षबाट अस्वीकार हुँदा सदन अवरुद्ध गर्न वाध्य छौं,’ उनले भनिन् ।


उनले सबै दलहरुलाई एकै ठाउँमा राखेर छलफल गरे समस्याको निकास निकाल्न सकिने बताइन् ।

सदन अवरुद्ध भएको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]