०५ साउन २०८२, सोमबार

नेपालका लागि चीन उदार र भरपर्दो विकास साझेदार हो ः उपाध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले नेपालले चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताएकी छन् । शनिबार चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल तिब्बतसँग नजिक रहेको भन्दै चीन र नेपाल सदियौदेखिको मित्र भएको बताएकी हुन् ।


उनले भनिन्, ‘हामी तिब्बतसँग नजिक छौं । नेपाल र चीन सौहार्दपूर्ण सम्बन्धमा रही उत्कृष्ट दुई पक्षीय सम्बन्धमा रहेको सदियौदेखिको मित्र हो । नेपाल र नदीले जोडिएको चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वपूर्णरुपमा लिन्छ । शान्तिपूर्ण सह–अस्तित्वका सिद्धान्तले हाम्रो मित्रतालाई बलियो आधार प्रदान गर्दैछ ।’


उनले नेपालका लागि चीन उदार र भरपर्दो विकास साझेदार रहेको भन्दै चीनप्रति सधै आभारी हुने बताइन् । उनले भारत, नेपाल, भुटान र म्यानम्यार जस्ता मुलुकको सिमावर्ती क्षेत्रमा तिब्बत भएकाले भौगोलिकरुपमा आफंैमा महत्वपूर्ण रहेको बताइन् ।


‘चीनको आँखीझ्याल भनेर चिनिने तिब्बतलाई चिनिनुको मूख्य कारण यसको भौगोलिक र रणनीतिक अवस्थिती नै हो । यो भारत, नेपाल, भुटान र म्यानम्यार जस्ता मुलुकको सिमावर्ती क्षेत्र भएकाले भौगोलिकरुपमा आफैंमा महत्वपूण छ,’ उनले भनिन् ।


उनले विश्वमा तिब्बतको संस्कृति एउटा इतिहासको पृष्ठ नभई संरक्षण र सम्मान गर्न आवश्यक रहेको पनि बताइन् । कार्यक्रममा नेपालका चिनियाँ राजदूत चेन सोङ्गले पनि आफ्नो धारणा राखेका थिए ।

नेपालका लागि चीन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]