Blurkart

२३ भाद्र २०८२, सोमबार

सुन्धाराको सिभिल मलबाट ६ थान नक्कली हतियारसहित एकजना पक्राउ

६ भदौ, काठमाडौं । प्रहरीले सुन्धारास्थित सिभिल मलबाट ६ थान नक्कली हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो साढे १२ बजे प्रहरी वृत्त जनसेवाको टोलीले सिभिल मलको पाँचौ तलामा सन्चालित द टोय स्टोरमा खानतलासी गरी सक्कलीजस्तै देखिने नक्कली हतियारहरु बरामद गरेको हो ।

धादिङको निलकण्ठ–३ घर भई बसुन्धारा बस्ने सन्तोषी श्रेष्ठले सञ्चालन गरेको पसलमा प्रहरी निरीक्षक देवेन्द्रराज जोशीको कमाण्डमा ५ जनाको टोली खानतलासीका लागि खटिएको थियो ।

खानतलासी गर्दा अवरोध गर्न खोजेको भन्दै प्रहरीले काभ्रेको रोशी गाउँपालिका ३ घर भई काठमाडौंको कलंकी बस्ने ३१ वर्षीय सुरज मगरलाई समेत नियन्त्रणमा लिएको छ । उनीमाथि अभद्र व्यवहार कसुरमा तीन दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सुन्धारास्थित सिभिल मलको पाँचौ तलामा सक्कली जस्तै देखिने नक्कली हतियार बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट प्रहरी खटिएको थियो ।

नक्कली हतियारसहित एकजना पक्राउ सिभिल मल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]