०५ साउन २०८२, सोमबार

पोखरामा ‘राइड सेयरिङ’लाई मान्यता दिएकोमा विरोध, यातायात प्रभावित

काठमाडौं । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको विरोधमा व्यवसायीले शनिबार पनि पोखरामा आन्दोलन जारी राखेका छन् ।शुक्रबारदेखि त्यसको विरोधमा उत्रेका यातायात व्यवसायीहरुको आन्दोलन शनिबार पनि जारी छ । आन्दोलनमा कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन् ।


प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को दफा १३ को प्रयोजनको लागि दफा २२१ ले दिएको अधिकार प्रयोग गर्दै बैशाख अन्तिममा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ जारी गदै राजपत्रमा प्रकाशित गरेको थियो ।गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानूनी मान्यता पाएपछि त्यसको विरोधमा यातायात व्यवसायी उत्रेका हुन् । तीन सुत्रीय माग राख्दै यातायात व्यवसायीले सार्वजनिक यातायात बचाउ संघर्ष समिति २०८२ गठन गरेका छन् ।


सोही संघर्ष समितिले शुक्रबारदेखि गण्डकी प्रदेसमा सार्वजनिक यातायात बन्द गरेका छन् भने माग पुरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने बताएका छन् । बन्दको प्रभाव सामान्य परेको छ ।

दिएकोमा विरोध यातायात
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]