०५ साउन २०८२, सोमबार

पालिकाका पूर्वअध्यक्ष साहसहित चार जनालाई पक्राउ पुर्जी

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुणकुमार साहसहित चार जनालाई पक्राउ पुर्जी जारी भएको छ ।

जग्गाको आर्थिक लेनदेनमा रकम ठगी गरेको आरोपमा पक्राउ गर्न जिल्ला अदालत रौतहटले प्रहरीलाई पक्राउ पुर्जी अनुमति दिएको हो ।गाउँपालिकाका पूर्वअध्यक्ष साह, नापी कार्यालय डिल्लीबजार काठमाडौका नापी अधिकृत सञ्जय साह, काठमाडौँ नागार्जुन ४ बस्ने विमलादेवी श्रेष्ठ र उनका छोरा धिरज श्रेष्ठलाई अदालतले ज्येष्ठ १३ गते इलाका प्रहरी कार्यालय गरुडालाई पक्राउ पुर्जी अनुमति दिएको छ ।

‘पूर्वपालिका अध्यक्ष साहसहितलाई पक्राउ गरेर अनुसन्धान गर्न अदालतले पक्राउ पूर्जी जारी गरेको छ, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले भने,’मुख्य अभियुक्तसँगै पूर्वअध्यक्ष साहलाई पनि प्रहरीले पक्राउको तयारी गरेको छ।’ जग्गाको आर्थिक लेनदेनमा रकम ठगी गरेको आरोप पूर्वअध्यक्ष साहलाई लागेको उनले जानकारी दिए ।

सर्लाहीको हरिपुर वडा नं. ७ मा रहेको जग्गा खरिद गर्न बापत गरुडा ६ पोठियाहीका सन्तोष कुमार चौधरीले विभिन्न चरणमा १ करोड ४३ लाख रकम नगद र चेक मार्फत रकम दिएपनि जग्गा पास नगराएर आलटाल गर्दै आएको भन्दै उनिहरु विरुद्धमा ठगी मुद्दा दायर गरेका थिए ।

हरिपुरको कितानम्बर ७७३ को ११ कटठा १४ धुर जमिन खरिद गर्दा नापी अधिकृत साहको नाममा रजिस्ट्रेसन पास गरेपनि उनले ०८०÷०८१ मा चौधरीलाई थाहा नदिकन सो जमिन चार कित्ता बनाई चार जनालाई बिक्री गरेर ठगी गरेको आरोप लागेको छ ।
जग्गा खरिद विक्रीमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भैसकेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]