०५ साउन २०८२, सोमबार

मधेश प्रदेशको बजेटमा सांसद भन्दा बिचौलियाको योजना बढी : सांसद यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका सांसद रामअशिस यादवले मधेश प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलियाको योजना बढी रहेको आरोप लगाएका छन् ।

बुधबार बसेको मधेश प्रदेश सभाको बैठकमा बोल्दै सांसद यादवले बजेटमा बिचौलियाको योजना सांसदले दिएको योजना भन्दा बढी रहेको रेड बुकले अक्षरस्त प्रमाणित गरेको बताएका हुन्। उनले योजना बाँडफाँटमा मन्त्रीहरुले खुलेआम मनमौजी गरेको आरोपसमेत लगाएका छन् । सांसद यादवले बजेटमा बहुवर्षीय र दिर्घकालीन योजनहरु समेटिनुको साटो पूर्व सरकारले बनाएको ट्रयक भन्दा अहिलेको प्रदेश सरकार एक पाइला पनि अघि बढ्न नसकेको बताए ।

उनले जटहीदेखि जनकपुर र भिठ्ठामोडदेखि जनकपुरसम्म कंन्क्रिटको देवाल निर्माण गरी मिथिला पेन्टिङको प्रवद्र्धन गर्न डिपिआर तयार गने प्रदेश सरकारले बजेट हालेको कुरा हास्यास्पद रहेको बताए । उनले यो खुलेआम पैसा खोन मधेश प्रदेश सरकारको मनसाय झल्काएको आरोप लगाएका छन् ।

सांसद यादवले हरित प्रदेश बनाउनुको साटो मधेश प्रदेश सरकारले कंन्क्रिट प्रदेश बनाउन खोजेको बताए । मेधश प्रदेशका जनताले चाहेको र अपेक्षा गरेको कुनै कुरा बजेटमा समावेश नगरिएको सांसद यादवले बताए ।
उनले अहिले विनियोजन विधेयक पास हुन बाँकी रहेकाले अहिले पनि बजेटमा परिमार्जन गर्न सकिने सुझाव दिएका छन् ।

जनकपुर जनता समाजवादी पार्टी नेपाल बिचौलिया मधेश प्रदेश
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]