०६ साउन २०८२, मंगलबार

२५ केभी हटाएर १०० केभी ट्रान्सफर्मर जडान, टेङ्गरीको उज्यालो फर्कियो

राजविराज । सप्तरीको अग्निसाइर कृष्ण सवरण गाउँपालिका–४ टेङ्गरी गाउँका बासिन्दाहरूले लामो समयदेखि झेल्दै आएको कम भोल्टेजको समस्याबाट मुक्त भएकाछन ।

स्थानीयवासीले वर्षौंदेखि भोल्टेज कम भएर विद्युत आपूर्तिमा समस्या भोग्दै आएका थिए। यस समस्यालाई मध्यनजर गर्दै वडा अध्यक्ष तेजनारायण यादवको पहलमा नेपाल विद्युत प्राधिकरण कंचनपुर वितरण केन्द्रका डी. अरुण कुमार साहको सहयोगमा टेङ्गरीमा रहेको २५ के.भी क्षमताको ट्रान्सफर्मर प्रतिस्थापन गरी १०० के.भी क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको हो।

नयाँ ट्रान्सफर्मर जडानसँगै गाउँमा विद्युत आपूर्तिमा उल्लेख्य सुधार आएको छ भने कम भोल्टेजको समस्या पनि समाधान भएको छ।

यस परिवर्तनपछि गाउँका बासिन्दा अत्यन्तै खुसी भएका छन्। स्थानीय बासिन्दाहरूले जनहितमा तत्परताका साथ काम गरेकोमा वडा अध्यक्ष यादव तथा नेपाल विद्युत प्राधिकरण कंचनपुर वितरण केन्द्रका सम्पूर्ण कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]