२५ साउन २०८२, आइतबार

तस्करी नियन्त्रणको नाममा प्रहरी द्वारा गोलि हानी हत्या गरेको आरोप: संघर्ष समिति द्वारा २४ घण्टे अल्टिमेटम

सप्तरीमा प्रहरीको गोली लागी लालु यादवको मृत्यु भएपछि राजगढ गाउँपालिकास्तरीय संघर्ष समिति गठन गरिएको छ ।
स्थानीय नेता दिपेन्द्र यादवको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको हो । संघर्ष समिति द्वारा बुधबार साँझ प्रमुख जिल्ला अधिकारी भोला दाहाल लाई चार बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको हो ।

लालु यादव लाई गोली प्रहार गर्ने प्रहरी निरीक्षक बिरेन्द्र कुमार यादवलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्न र सप्तरीका एसपीलाई अबिलम्ब विभागीय कार्वाही गर्न माग गर्दै ज्ञापन पत्र मार्फत माग गरिएको हो ।

लालु यादवको हत्या बारे उच्चस्तरीय छानबिन समिति गठन गरी यादवलाई शहीद घोषणा गर्दै परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन समेत माग गरिएको हो संगै नेपाल भारत सीमा क्षेत्रमा प्रहरीको आतंक बन्द गरी शान्ति सुरक्षाका लागि प्रशासनद्वारा नियमित निगरानी गर्न माग गरिएको हो ।

२४ घण्टाभित्र माग पूरा नभए थप आन्दोलनको घोषणा गरिने ज्ञापनमा चेतावनी समेत दिइएको छ ।

नेपालबाट भारततर्फ मदिरा तस्करी भइरहेको भन्दै मंगलबार राति पुगेको प्रहरी टोलीले लालुमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका यादवको उपचारका क्रममा राजबिराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको थियो ।
प्रहरी द्वारा मदिरा नियन्त्रणमा लिन जाँदा ढुँगामुडा गरेपछि गोली चलाउनुपरेको बताए पनि मृतकका परिवार र स्थानीयले लालु लाइ नियन्त्रणमा लिई प्रहरीले गोली हानी हत्या गरेको बताउदै आएका छन । मंगलवार दिनभर स्थानीय द्वारा प्रहरी विरुद्ध विभिन्न नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि टायर बाली बिरोध प्रदर्शन गरेका छन ।

राजगढ गाउँपालिका हत्या
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]