२१ साउन २०८२, बुधबार

तस्करको ईसारामा प्रहरीले चलायो गोली, स्थानीय युवकको ज्यान गयो

राजविराज — सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच कडा झडप भएको छ।

मध्यराति तस्करी भइरहेको भनी आएको गोप्य सूचनाका आधारमा परिचालित प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति एकाएक तनावग्रस्त बनेको थियो।

झडपकै क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय अन्दाजी ३६ वर्षीय लालु यादवको ज्यान गएको हो। गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार स्थिति नियन्त्रणमा लिन बाध्य भएर केही राउन्ड गोली चलाइएको थियो। तिघ्रामा गोली लागेका यादवको उपचारको क्रममा मृत्यु भएको जानकारी उनले दिए।

उक्त झडपमा एक जना प्रहरी पनि घाइते भएका छन्। घटनापछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ।

तर स्थानीयवासीको आरोप अनुसार प्रहरी आफैं तस्करको इसारामा चलेको र योजनावद्ध ढंगले गोली चलाइएको हो। घटनाले स्थानीयमा आक्रोश बढेको छ र सत्यतथ्य छानबिनको माग उठेको छ।

तस्करको ईसारा प्रहरीले चलायो गोली युवकको ज्यान गयो
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]