
आगामी साउन २७ गते मंगलबारदेखि नेपालका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वामानुमान मौसमविद्ले गरेका छन्।मौसमविद् बिनोद पोखरेलले सामाजिक सञ्जालमा सेयर गरेको भिडियोअनुसार मंगलवारदेखि साउन २९ गते बिहीवारसम्म पूर्वदेखि पश्चिम नेपालसम्म नै भारी वर्षा हुने सम्भावना छ।
भिडियो सेयर गर्दै मौसमविद् पोखरेलले लेखेका छन्– ‘मौसम पूर्वानुमान अनुसार आगामी मंगलवारदेखि बिहीवारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।’
उनले भिडियोमा सेयर गरेअनुसार ‘प्रकाशित घण्टैपिच्छे वर्षा पूर्वानुमान नक्साअनुसार रातो रंग देखाइएका क्षेत्रहरूमा अत्यधिक वर्षा हुने जोखिम छ । यस अवधिमा सम्भावित बाढी, पहिरो तथा जलमग्नताको खतरा रहने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।’
बिहीबारसम्म भीषण पानी