०१ भाद्र २०८२, आइतबार

धरहरीमा मेला उद्घाटनलाई लिएर झडप, मेयरसहित तीनजना घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेलामा उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबिच झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन्।

श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजना गरिएको मेलामा मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबिच विवाद उत्पन्न भएपछि झडप भएको हो। मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिँदा दुवै पक्षबिच हातापाई भएको प्रहरीले जनाएको छ।

झडप नियन्त्रण गर्ने क्रममा मेयर साहसँगै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताए। उनीहरूलाई गरुडास्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न भएको आरोपमा रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरू इलाका प्रहरी कार्यालय गरुडामा रहेका छन्।

यो घटना स्थानीय राजनीतिक प्रतिद्वन्द्विता र सामाजिक प्रतिष्ठासँग जोडिएको देखिन्छ। मेलाको उद्घाटन गर्ने अधिकार स्थानीयस्तरमा सम्मान र प्रभावसँग जोडिने भएकाले विवाद चर्किएको हो । मेलाजात्रामा राजनीतिकरण हुँदै जाँदा धार्मिक–सांस्कृतिक उत्सव कलहको केन्द्र बन्दै गएको छ।

#रौतहट झडप
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]