Blurkart

२३ भाद्र २०८२, सोमबार

रवि भेटेपछि प्रचण्डले भने- दुब्लाउनुभएछ, अनुहारमै देखिन्छ

४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामछिाने भैरहवा कारागारमा हुँदा निकै पीडामा परेको र दुब्लाएको बताएका छन् ।

बुधबार लामिछानेलाई नख्खु कारागार पुगेर भेट्ने क्रममा उनले रविको अनुहारनै कमजोर देखिएको बताए ।

रविलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि सुधार हुँदैछ । तर, उहाँ दुब्लाउनुभएको छ । उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको ।’

प्रचण्डका अनुसार, रविले भैरहवा कारागारको तुलनामा नख्खुमा धेरै राम्रो भएको आफूलाई सुनाएको पनि बताए ।

रविले प्रचण्डसँग नख्खु कारागार प्रशासनबारे प्रशंसा पनि गरेका छन् ।

प्रचण्ड रवि
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]