
काठमाडौं। ललितपुरबाट एक जना युवक ९१ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुली घर भई ललितपुर महानगरपालिका-४ भनिदेवल बस्ने २५ वर्षीय गौरव स्याङतान रहेका छन्।
उनलाई काठमाडौं उपत्यका प्रहरी र जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले भनिदेवल डेराबाटै सोमबार साँझ ५ बजे पक्राउ गरेको हो। परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीका अनुसार उनले क्रिप्टो कारोबार गरेको आशंका छ। उनको कोठाबाट डेढ किलोग्राम गाँजा, ल्यापटप, मोबाइललगायत बरामद भएको छ।
“अहिले परिसर ल्याएर थप बुझ्ने काम भइरहेको छ,” अधिकारीले नेपालन्युजसँग भने। स्याङताङले के कसरी क्रिप्टोमार्फत गरेको कारोबारको विवरणबारे अनुसन्धान भइरहेको अधिकारीले बताए।
एक जना पक्राउ क्रिप्टो