Blurkart

२३ भाद्र २०८२, सोमबार

कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इजरायली राजदूत श्मुलिक आरि बासबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटवार्ता भएको छ ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबीचको ऐतिहासिक मित्रता रहेको उल्लेख गर्दै यसलाई अझ गाढा बनाउँदै अघि बढाउन आवश्यक रहेको बताए ।

उनले कृषि, श्रम रोजगार र स्वास्थ्य क्षेत्रमा दुवै देशबीच मुख्य सहकार्य भइरहेको जानकारी दिँदै नेपालीहरू इजरायलमा मुख्यतया कृषि र केयरगिभर क्षेत्रमा कार्यरत रहेको र यसलाई अझ व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।

मुख्यमन्त्री कार्कीले इजरायलमा भएको आधुनिक कृषि प्रविधि र नवप्रवर्तनका अनुभवलाई नेपालमा उपयोगी बनाउन सकिने उल्लेख गर्दै कोशी प्रदेश पनि सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

उनले कृषि उत्पादनको दृष्टिले कोशी प्रदेशमा प्रचुर सम्भावना रहेको र युवालाई कृषि उद्यमशीलतामा प्रेरित गर्न प्रदेश सरकारले ब्याज अनुदान दिने व्यवस्था गरेको जानकारी दिए ।
अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले कृषकलाई शैक्षिक तथा व्यावहारिक तालिम उपलब्ध गराएर प्रदेशको आर्थिक विकासमा योगदान पुर्‍याउन सकिने विश्वास व्यक्त गरेका छन् ।

साथै, नेपाली युवा बिपिन जोशीको रिहाईका लागि इजरायली सरकारमार्फत पहल गरिदिन पनि आग्रह गरेका छन् । इजरायली राजदूत श्मुलिक आरि बासले नेपाल–इजरायलको सम्बन्ध पुरानो र गाढा रहेको उल्लेख गर्दै, पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि सम्बन्ध सुमधुर रहेको स्मरण गराउँदै कृषि र केयरगिभर क्षेत्रमा काम गर्ने अवसरहरू इजरायलमा रहेको र सहकार्यको लागि तयार रहेको जानकारी दिएका छन् ।

इजरायली राजदूत श्मुलिक कोशी प्रदेशका मुख्यमन्त्री विराटनगरमा भेटवार्ता
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]