Blurkart

२३ भाद्र २०८२, सोमबार

भदौ १५ गते देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दै जनमत पार्टी

जनकपुर । जनमत पार्टीले स्वराज आन्दोलनका प्रथम वीर शहीद राम मनोहर यादवको आठौं श्रद्धाञ्जली दिवस विभिन्न कार्यक्रमसहित गर्ने भएको छ ।

पार्टीका केन्द्रीय प्रवक्ता डा.शरद सिंह यादवले शुक्रबार एक सूचनामार्फत भदौ १५ गते आइतबार साँझ ७ बजेदेखि देशभर श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न सबै जिल्ला र वडा कमिटीलाई निर्देशन दिएका छन् ।

श्रद्धाञ्जली कार्यक्रममा शहिद राम मनोहर यादवको फोटो राखी मैनबत्ती तथा दिप प्रज्वलन गरिने जनाइएको छ । प्रत्येक जिल्लाका सबै वडामा, जिल्ला सदरमुकाममा तथा पार्टी कार्यालयहरुमा एकैसाथ श्रद्धाञ्जली कार्यक्रम हुने जनमत पार्टीले जानकारी दिएको छ ।

स्वराज आन्दोलनका क्रममा नेपाल सरकारका तत्कालिन उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा पक्राउ गरी राम मनोहर यादवको हत्या भएको थियो । स्व.यादव जनमत पार्टीको एक मात्र शहीद हुन् ।

जनमत पार्टी श्रद्धाञ्जली कार्यक्रम
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]