Blurkart

२३ भाद्र २०८२, सोमबार

शिक्षक महासंघद्वारा जनकपुरधाम उपमहानगरपालिकामा धर्ना

जनकपुर । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकलाई विगतका सहमति अनुसार संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।

जनकपुरधाममा महासंघको स्थानीय आन्दोलन परिचालन समितिका संयोजक गौरीशंकर लाल कर्णले शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारलाई यस विषयमा ध्यानाकर्षण गराएका हुन् ।

महासंघले २०७५, २०७८ र २०८० सालमा आन्दोलनमार्फत क्रमशः ३०, ५१ र ६ बुँदे सहमति गरेको र सोही सहमति समेटेर विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री ऐन ल्याउनुपर्ने माग गर्दै २०८१–८२ मा लामो आन्दोलन गरेको जनाएको छ ।

उक्त आन्दोलनको बलमा २०८२ वैशाख १७ गते मन्त्रीपरिषद्ले ९ बुँदे निर्णय गरेको र प्रमुख दलका सचेतकहरूले असार १५ भित्र विधेयक पारित गर्ने लिखित प्रतिबद्धता जनाएको भए पनि सो सहमति कार्यान्वयन नभएको आरोप कर्णले लगाए ।

प्रतिनिधिसभामा पेश भएको विद्यालय शिक्षा विधेयक समितिको प्रतिवेदन शिक्षक–कर्मचारीको भावना र विगतका सहमतिअनुसार नभएको महासंघको भनाइ छ । प्रतिवेदनमा अस्थायी शिक्षकको स्थायीत्व, गोल्डेन हेन्डसेक रकमको स्पष्टता, स्थायी शिक्षकको बढुवा, अध्यापन अनुमतिपत्रको नवीकरण, शिक्षक सरुवा प्रणाली, विद्यालय कर्मचारीको पद र सेवा सुविधा, बालकक्षा शिक्षकको व्यवस्था, शिक्षण काउन्सिलको स्थापना र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व लगायत माग सम्बोधन नभएको भन्दै शिक्षकहरुले देशव्यापी रुपमा पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

जनकपुरधाम शिक्षक महासंघ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]