Blurkart

२३ भाद्र २०८२, सोमबार

इन्द्र जात्राः यसिंलाई आज नगर प्रवेश गराई कालभैरव अगाडि राखिदै

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा भव्य र ऐतिहासिक पर्वको रुपमा परिचित पर्व इन्द्रजात्रा नजिकिँदै छ ।

हरेक वर्ष, भाद्र शुक्ल द्वादशीका दिन यसिं (इन्द्रध्वज) को विधिवत् रूपमा प्रतिस्थापन गरी यस पर्वको शुभारम्भ गरिन्छ । इन्द्रजात्राको प्रमुख आकर्षण मानिने इन्द्रध्वज यसपालि पनि परम्परागत ढंगले नालाबाट भोटाहिटी ल्याइने भएको छ ।

यस वर्ष भक्तपुरको चित्तपोलबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई हनुमानढोका स्थित कालभैरव अगाडि राखिदैछ । बिहिबार (भाद्र १९ गते) विशेष साइतमा यसिं थनेगु (इन्द्र ध्वजोत्थान) अर्थात् ध्वजोत्थान विधि सम्पन्न गरिन्छ ।

इन्द्रध्वज केवल काठ र बाँसको संरचना होइन मात्र नभई इन्द्रदेवलाई समर्पित आस्था, वर्षाको कृपा, र समुदायको एकतालाई प्रतिनिधित्व गर्ने सांस्कृतिक प्रतीकको रुपमा लिइन्छ ।
नेवार समुदायको प्रमुख पर्वमा मनाइने इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत ऐतिहासिक नेवार बस्तीहरूमा आआफ्नै शैलीमा मनाइने गरिन्छ । यस पर्वमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी विभिन्न देवदेवीको नाच, भैलः आजु (हाथु द्यः) पूजा र जीवित देवदेवीको रथयात्राजस्ता क्रियाकलाप गरिन्छ ।

इन्द्र जात्रा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]