Blurkart

२४ भाद्र २०८२, मंगलबार

मल नहुँदा धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव

बर्दिया । गुलरिया नगरपालिका वडा नं ३ बस्ने बाबुराम यादव युरिया मलको खोजीमा निक्कै भौतारिए । कुनैपनि सहकारीको शेयर सदस्य नभएकाले उनले धानमा हाल्नका लागि मल पाएनन् । उनको खेतमा धान पहेँलै छ । ‘यसपाली भात खान नपाइने भयो’, उनले भने ।

‘सहकारीका सदस्यलाई नपुगिकन हामीलाई मल दिँदैनन्,’ उनले भने, ‘पहिले पर्याप्त मल आउँदा दिन्थे अहिले हामीलाई मल दिँदैनन् ।’ सरकारले पठाउने अनुदानको मल सहकारीमार्फत विक्री गर्ने सरकारको नीति छ । तर सहकारीको साधारण सदस्यले मल नपाई सर्वसाधारणले रासायनिक मल पाउँदैनन् ।
सहकारी संस्थाहरूमा नै मल न्यून गएको हुँदा एक किसानले पाँच केजीसम्म युरिया बाँडेर लगेका छन् ।

एक बिगाह खेत हुने किसानले पाँच किलो मल लगेको गुलरिया नगरपालिका वडा नं ३ मा रहेको कल्पतरु कृष्णसार कृषि सहकारी संस्थाका अध्यक्ष चिन्तामणी कंडेलले बताए ।
सरकारले पठाउने मल पर्याप्त नहुँदा बर्दिया जिल्लामा यस बर्ष धान खेतीको लागि युरिया हाहाकार भएको छ । गत बर्ष सरकारको मल अपर्याप्त भएपनि कृषकहरूले भारतीय सिमावर्ती बजारबाट मल खरिद गरेर ल्याउने गरेका थिए ।

यस बर्ष भारतीय बजारमा समेत मल पाउन छाडेपछि किसानहरू झन् मर्कामा परेका छन् । ‘पहिले पहिले भारतबाट अवैधरुपमा मल ल्याएर हाल्ने गरेका थियौँ’ नाम उल्लेख नगर्ने शर्तमा एक किसानले बताए ।

उनले थप भने, ‘यस बर्ष भारतीय बजारमा समेत मल पाइएन त्यसैले पनि मल हाल्न पाइएन, धान रोप्दा थोरै थोरै डिएपी हालेको थिएँ अहिले युरिया त हाल्नै पाएन ।’
मलको अभावमा किसानका खेतहरू पहेँला देखिन थालेका छन् । सिचाइ अभाव खेप्दै आएका बर्दियाका किसान रासायनिक मलको अभाव पनि खेपीरहेका छन् । पर्याप्त रासायनिक मल नहुँदा यस बर्ष धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले यस बर्ष रासायनिक मलको चरम अभाव भएको बताए ।
रासायनिक मलको अभावले गर्दा धानको उत्पादनमा कमी आउने अनुमान गरिएपनि कति घट्छ भन्ने यकिनका साथ भन्न नसकिने उनले बताए ।
बर्दिया जिल्लामा करिब ५१ हजार हेक्टरमा धान खेती हुने गर्दछ । प्रमुख ढकाललका अनुसार बर्दिया जिल्लामा बार्षिक १२ हजार मेट्रिक टन युरिया, ७ हजार मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन युरियाको माग हुँदै आएको छ ।

जसमध्ये ५० प्रतिशत मल मात्र बर्दियामा उपलब्ध हुँदै आएको छ । गत बर्ष सम्म किसानले भारतीय बजारबाट मल ल्याउने गरेपनि यस बर्ष भारतीय बजारमा समेत मल पाइएको छैन ।

भारतीय बजार मल अभाव
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]