Blurkart

२३ भाद्र २०८२, सोमबार

३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसुचक ३१.१७ अंकले घट्दै २७४९.८३ बिन्दुमा बन्द भएको छ । यसअघि बिहीवार बजार ३८.१० अंकले घटेर २७८१ बिन्दुमा बन्द भएको थियो ।

यसअघि विहीबार कुल ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको बजारमा आज भने ३२१ स्टकको ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता बराबर शेयर कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.०३ अंकले घटेको छ । फ्‌लोट इन्डेक्स २.३१ अंकले घटेको छ भने सेन्सेटिभ फ्‌लोट इन्डेक्स १.८४ अंकले घटेको छ ।
आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य १५२ रुपैयाँले बढेर प्रतिकित्ता २३९६.०७ रुपैयाँमा अन्तिम कारोबाार भएको छ ।

आशा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य ४२.३९ रुपैयाँले बढेर प्रतिकित्ता १०६१.५६ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, यसदिन ग्लोबल आईएमइ समुन्नत योजनको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता १० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य प्रतिकित्ता ७.४५ प्रतिशतले घटेर ४९५.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ७.०७ प्रतिशतले घट्दै २६५.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन नेपाल रिइन्स्यारेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरि कम्पनी, नेपाल रिपब्लीक मिडिया र पिपुल्स पावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

३१ अंकले घट्यो नेप्से
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]