Blurkart

२३ भाद्र २०८२, सोमबार

निजी विद्यालयहरुको अन्तिम जिल्लास्तरीय शान्तिपूर्ण प्रदर्शन सम्पन्न

जनकपुर । निजी विद्यालय सञ्चालकहरुले जनकपुरधाममा अन्तिम पटक जिल्लास्तरीय शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गराउने गरी ल्याउन लागिएको भन्दै उनीहरुले बुधबार (आज) जनकपुरधाममा अन्तिम पटक प्रदेश स्तरीय शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।

निजी विद्यालयहरुको संगठन प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनमा आवद्ध विद्यालयका सञ्चालहरुले निजी भवन देखि विरोध र्याली निकालेर जनकपुरधामको विभिन्न चोकहुँदै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भएका थिए ।

कोण सभामा बोल्दै धनुषा जिल्ला प्याब्सनका अध्यक्ष नवल यादवले आज अन्तिम पटक जिल्ला केन्द्रित विरोध गरेको जानकारी दिए । उनले अब २३ गत्ते सम्पूर्ण निजी विद्यालयहरुका सञ्चालक काठमाडौं पुगेर विभिन्न दलका नेताहरुसँग भेट गरी आफूहरुको मागबारे ध्यानाकर्षण गराउने बताए ।

उनले २५ गत्ते काठमाडौंमा वृहत विरोध र्याली निकाल्ने जानकारी दिए । अध्यक्ष यादवले आफूहरुको माग सरकारले सम्बोधन नगरेसम्म विरोध जारी राख्ने बताए ।

निजी विद्यालय
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]