०१ जेठ २०८२, बुधबार

बाल सुधार गृहबाट ३ जना फरार

विराटनगर । बाल सुधार गृहमा बस्दै आएका ३ जना बालक फरार भएका छ्न् ।

विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना बालबिज्याइँकर्ता फरार भएका हुन् । उनीहरु जवरजस्ती करणी जस्ता गम्भीर मुद्दामा सजाय भोगिरहेका थिए ।

फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू हुन् ।

बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो, जसको तीन वर्ष उनी सुधार गृहमै बिताइसकेका थिए ।

बाँकी दुई बालक झापा र ताप्लेजुङका रहेका छन्, जो पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा राखिएका थिए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]