०५ साउन २०८२, सोमबार

वातावरण विनासको मुख्य कारक मानव समुदाय हो : प्रदेश प्रमुख देवकोटा

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले वातावरण विनासको मुख्य कारक मानव समुदाय रहेको बताएका छन्

बिहिबार विश्व वातावरण दिवसको शुभकामना सन्देश दिदै उनले मानवका गलत क्रियाकलापहरुले मानव अस्तित्व नै संकटमा पर्ने खतरा उत्पन्न भएको बताएका हुन् । ‘जलवायु परिवर्तन, पृथ्वीको तापक्रममा वृद्धि, पानीका स्रोत र माटोमा प्लाष्टिकको जालो, वनविनासजस्ता क्रियाकलापले पृथ्वीका अरु प्राणीलगायत मानव अस्तित्व नै संकटमा पर्ने खतरा उत्पन्न भएको छ । वातावरण विनासको मुख्य कारक मानव समुदाय हो,’ उनले सन्देशमा भनेका छन् ।

उनले अब पनि नसच्चिए अन्तिम मानवले पुस्ताले पुर्खा धिक्कार्दै मानव अस्तित्व इतिहासमा मात्र रहने अवस्था आउने बताए । प्रदेश प्रमुख देवकोटाले प्लाष्टिकको बढ्दो प्रयोगले वातावरणीय प्रदुषण र वातावरणीय असन्तुलनको डरलाग्दो परिणामहरु निम्त्याएको बताए ।

‘प्लाष्टिकको बढ्दो प्रयोगले वातावरणीय प्रदुषण र वातावरणीय असन्तुलनको डरलाग्दो परिणामहरु निम्त्याएको छ । यसले पृथ्वीको पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पारेको छ । पानी, वायु र जमिनको प्रदुषण बढाएर प्लाष्टिकले पृथ्वीलाई कुरुप, असुरक्षित र डरलाग्दो अवस्थातिर धकेलिरहेको छ । यसले जैविक विविधतामा संकट निम्त्याएको छ,’ उनले सन्देशमा भनेका छन् ।

वातावरण विनास
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]