०५ साउन २०८२, सोमबार

हाम्रा भाषा, संस्कृति र सभ्यताहरु हराउँदै गइरहेका छन् : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हाम्रा भाषा, संस्कृति र सभ्यताहरु हराउँदै गइरहेको बताएका छन् ।मातृभाषा नेपाल भाषाको प्रयोग, प्रचार र प्रवद्र्धन विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले नेपालको मूल्य, मान्यताहरु हराउँदै गर्दा संस्कृति एवम सभ्यता जोगाउने र यसको संरक्षण गर्ने कुरामा सबैको ध्यान जान जरुरी रहेको बताएका हुन् ।


उनले भने, ‘हाम्रा भाषा, संस्कृतिहरु अहिले मेटिँदै गएका छन् । हराउँदै गएका छन् । हाम्रो सभ्यताहरु समेत हराउँदै गइरहेका छन् । अनुशासन, मूल्य, मान्यताहरु हराउँदै गएको महशुस भइरहेको छ । यसलाई सबैले ध्यान दिएनौं भने भोलिको पुस्ताले के गर्लान यो सोच्न आवश्यक छ । संस्कृति सभ्यता जोगाउने र यसको संरक्षण गर्ने कुरामा हाम्रो ध्यान जान जरुरी छ ।’


साथै उनले अहिलेको आवश्यकता र मागलाई बुझ्दै सुधार गर्दै जानुपर्ने अवस्था रहेको समेत बताए । उनले अहिले सरकारले संविधानमा देखिएका कमिकमजोरीहरुलाई शंसोधन गर्ने कुरा उठाएको र त्यसलाई शंसोधन गर्दा आवश्यक कुराहरु के छन् त्यतातिर सरकारको ध्यान जानुपर्ने बताए ।

संस्कृति र सभ्यताहरु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]