०५ साउन २०८२, सोमबार

सय मिटरमा अदित्य र गौरीलाई स्वर्ण

काठमाडौं । मधेश प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११।६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अंकित ताजपुरीयाले कांस्य जिते ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा गौरीले निर्धारित दूरी तय गर्न १४।६ सेकेन्ड समय खर्चिन् । कर्णालीकी गोमा शाहीले रजत तथा कोशीकी प्रकृति काफलेले कांस्य हात पारे ।

छात्र ४ सय मिटर दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए । उनले ५५।६ सेकेन्डमा दौड सकाए । सुदूरपश्चिमका रोहित धामी दोश्रो तथा कोशीका प्रियान्शु शाह तेश्रो भए । सोही स्पर्धाको छात्रामा कर्णालीकी सुष्मा बुढा ६९।३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन । गण्डकीकी आराध्या चालिसे दोश्रो तथा बागमती प्रदेशीकी शिल्भी नागा तेश्रो बने ।

छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए । उनले ५।९८ मिटर जम्प गरे । कोशीका नितेश गच्छदार दोश्रो तथा सुदूरपश्चिमका मोहन परियार तेश्रो भए । उक्त स्पर्धाको छात्रामा ४।१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो बनिन् । कर्णालीकी करुणा चन्द दोश्रो तथा कोशीकी प्रकृति काफ्ले तेश्रो भए ।

जम्मा १२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले २ स्वर्ण जितेको छ । सुदूरपश्चिम, गण्डकी, मधेश र लुम्बिनीले समान १–१ स्वर्ण जितेका छन।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]