०५ साउन २०८२, सोमबार

सरकारको नयाँ प्रावधान अनुसार सुनचाँदी व्यवसाय गर्न सकिदैन् : मणिकरत्न शाक्य

काठमाडौं । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार काठमाडौंको न्यूरोड क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

सरकारले आगामी बजेटमार्फत सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहनालाई भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुले आइतबार विहान विभिन्न प्लेकार्ड र कालो व्यानर बोकेर न्यूरोड गेटदेखि बसन्तपुर डबलीसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् ।

सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले २०८२÷८३ को बजेटमा व्यवस्था भएका कतिपय प्रावधानले सुनचाँदी व्यवसायीलाई प्रभावित बनाएको बताए । उनले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी तथा पत्थरहरुमा १३ प्रतिशत कर लगाएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए ।

उनले भने, ‘२०८२÷८३ को जुन बजेट आएको छ, त्यसमा व्यवस्था भएका कतिपय प्रवधानले सुनचाँदी व्यवसायीलाई एकदमै प्रभाव पार्ने भएकाले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी गराउनका लागि र रत्न तथा पत्थरहरुमा १३ प्रतिशत कर लगाएको छ, त्यो पनि खारेज गर्नुपर्छ । साथै व्यवसायिकलाई आवश्यक ऐनको धेरै वर्षदेखि माग गर्दा पनि सुनुवाई नभएपछि सरकारलाई ध्यानाकर्षण गराइएको हो ।

सम्बन्धित निकायले सुनुवाइ गरेन् । सँधै आश्वासन मात्र दिने काम भयो । हाल आएको प्रावधानबाट व्यवसाय गर्न सकिँदैन । देशभरिका व्यवसायी मिलेर अझै सशक्त ढंगमा अगाडि बढ्ने सल्लाह भइरहेको छ ।’उनीहरुले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायीमैत्री ऐन जारी गर्न पनि माग गरेका छ ।

सुनचाँदी व्यवसाय
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]