०६ साउन २०८२, मंगलबार

अत्यधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द

इटहरी । कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जसका कारण इटहरी लगायत प्रदेशका विभिन्न पालिकाले विद्यालय वन्द गर्ने निर्णय नै गराएका छन् ।

तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेपछि बालबालिकाको स्वास्थ्यमा असर पर्ने चिन्तासहित स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय लिएका हुन् । विराटनगर महानगरपालिकाले जारी गरेको सूचनामा आज (२८ गते) सहित भोली र पर्सि विद्यालय बन्द गर्न निर्देशन नै दिएको छ ।

यसैगरी इटहरी उपमहानगरपालिकाले समेत आजका लागि दिएको विदा थप गरेर भोली र पर्सिसम्मै कायम गरिरिदिएको छ । प्राप्त जानकारी अनुसार सुनसरीकै इनरुवा नगरपालिका र झापाको कमल गाउँपालिकाका विद्यालय समेत बन्द गर्ने निर्णय भएको हो ।

कोशी प्रदेशका तराईका जिल्लाहरूमा पछिल्ला केही दिनदेखि लगातार गर्मी बढिरहेको छ । मौसममा हावा नचल्ने र आकाश खुलेकै अवस्थामा तापक्रम उच्च हुने क्रम जारी रहेकाले सर्वसाधारणको दैनिकीसमेत प्रभावित भएको देखिन्छ ।

गर्मी विद्यालय बन्द
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]