०५ साउन २०८२, सोमबार

सात घण्टापछि खुल्यो पूर्व–पश्चिम राजमार्ग

रौतहट । रौतहटमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले गरेको चक्काजाम करीब सातघण्टा पछि खुलेको छ ।

चन्द्रपुर नगरपालिका–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको सवारी साधनको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले विहीबारवार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म पूर्व–पश्चिम राजमार्गको बागमती सडक खण्डमा चक्काजाम गरेका हुन् ।
ठक्कर दिने सवारी साधनको पहिचान गरी कारवाही गर्नुपर्ने लगायतका माग राखी स्थानीयले चक्काजाम गरेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार राजमार्ग क्षेत्रमा जडान गरिएको सिसिटिभी क्यामरा मार्फत ठक्कर दिने सवारी साधनको पहिचान गरी कार्वाही गरिने प्रतिवद्वतापछी चक्काजाम खुलेको हो ।
ठक्कर दिने सवारी साधन र चालक फरार भएकाले खोजी कार्य तीब्र परिएको उनको भनाइ छ ।

चक्काजामका कारण पूर्व–पश्चिम राजमार्ग भएर गुडने गाडी सडकमा नै रोकिएका थिए । सवारी साधनबाट गन्तव्य तर्फ हिडेका यात्रुहरू भने बिचल्ली परेका थिए । अहिले पूर्व–पश्चिम राजमार्ग बाटो पुर्ण रुपमा खुलेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]