०५ साउन २०८२, सोमबार

जलवायु परिवर्तनको असर कम गर्न आपसी समन्वय जरुरी : मन्त्री यादव

जनकपुर । मधेश प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादवले वातावरणीय चुनौतीहरू समाधानका लागि सरकार एक्लैले पर्याप्त हुन नसक्ने धारणा व्यक्त गरेका छन् । उनले स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरी गैरसरकारी क्षेत्रले सहकार्य गर्नुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।

वेलायत सरकारको सहयोगमा सञ्चालित रेन परियोजनासम्बन्धी सोमबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री यादवले सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।‘जलवायु परिवर्तनको असर नेपालमा गहिरिँदै गएको छ,’मन्त्री यादवले भने, ‘यसको सामना गर्न सरकारी, गैरसरकारी र स्थानीय समुदायबीच आपसी समन्वय अपरिहार्य छ ।’

युवापुस्ताको सहभागिता नदी, नाला सफाइ, वन्यजन्तु संरक्षण र जैविक विविधता जोगाउन महत्त्वपूर्ण हुने भन्दै उनले युवा नेतृत्वको सक्रियतामा जोड दिए ।कार्यक्रममा वन निर्देशनालय मधेश प्रदेशका निर्देशक जगरनाथ प्रसाद जयसवालले जोखिमपूर्ण क्षेत्रका समुदायलाई सुरक्षित राख्न समयमै सूचना प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै परियोजनाको भूमिकालाई अझ प्रभावकारी बनाउने आवश्यकता उल्लेख गरे ।

जलवायु परिवर्तन, बाढी, पहिरो र चुरे विनाश जस्ता गम्भीर वातावरणीय समस्याको प्रभाव न्यूनीकरण गर्न मधेश प्रदेशमा सञ्चालित रेन परियोजनाले काम गर्दै आएको छ ।

जलवायु परिवर्तनको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]