०५ साउन २०८२, सोमबार

ऐतिहासिक ‘मचाती’ त्रिशुल जात्रा सम्पन्न

काठमाडौं । ऐतिहासिक पाशुपति क्षेत्रमा ‘मचाती’ त्रिशुल जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष असार कृष्ण पक्षको भलभलाष्टमीका दिन मनाइने ऐतिहासिक त्रिशुल जात्रा वर्षातका बावजुद पनि सम्पन्न भएको हो ।बिहीबार जय मंगला बछलेश्वरी डवली, पशुपति वज्र घर र जयवागेश्वरी परिसरमा रहेको सत्तलबाट जात्रा निकालिएको थियो । तीन वटा रथसहित नगर परिक्रमा गराई जात्रा सम्पन्न भएको हो ।


यो जात्रामा बालबालिकालाई खटमा राखी बोकेर बाजागाजाका साथ नगर परिक्रमा गराउने प्रचलन रहेको स्थानीय बुद्धिजीवी मुकुन्द बैद्यले बताए । जात्रा जयवागेश्वरी पुगेपछि त्यहाँबाट पनि दुई बालिकालाई कुमारी र एक बालकलाई कुमारको रूपमा खटमा राखी जात्रामा सम्मिलित गराइन्छ । त्यसपछि तीन वटै खटलाई सिफलको उकालो चलँपास्सम्म पुर्याई त्यहाँबाट फर्काएर नगर परिक्रमा गराइसकेपछि आर्यघाटमा जात्रा समापन गरिने वैद्यले बताए ।

बन्धुदत्त आचाजुको छोराको शवको प्रतीकलाई भष्मेश्वरी राजराजेश्वरीमा सेलाइन्छ । देवमाला वंशावलीमा यो जात्रा राजा अमर मल्लले नेपालसंवत् ६३४ देखि चलाएको पाइन्छ । नेपालका आराध्यदेव भगवान श्रीपशुपतिनाथ पुस्तकमा भने यो जात्रा राजा यक्ष मल्लले नेपालसंवत् ६३४ ‘वि.सं.१५७००’ मा चलाइएको उल्लेख गरिएको छ । मचाति जात्राका लागि वैशाखशुक्ल पूर्णिमा बुद्ध जयन्तीका दिन जयबागेश्वरी देवीको वर्षवद्र्धन पूजाको रात कुमार–कुमारी छान्ने परम्परा रहेको छ ।

त्रिशुल जात्रा सम्पन्न
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]