०५ साउन २०८२, सोमबार

त्रिकोणात्मक टी–२० : नेदरल्याण्ड्ससँग नेपालको शानदार जित

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० खेलमा बिहीबार राति नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो ।

नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए ।यसैगरी आरिफ शेखले शानदार ब्याटिङ गरे । उनले

२३ बलमा ३ चौका र २ छक्कासहित ३९ रन बनाए । उनको खुट्टामा समस्या देखिएपछि मैदान छाडे । त्यस्तै टि ः२० आईमा डेब्यू गरेका भीम सार्कीले १६ बलमा २ चौका र एक छक्का सहित २७ रन बनाए । कप्तान रोहित पौडेल ७ बलको सामना गर्दै ५ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले १६ रन बनाउँदा लोकेश बमले १२ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको हो ।नेपालका लागि करण केसीले दुई विकेट लिएका थिए । चार ओभर बलिङ गरेका करणले ४० रन खर्चिए । त्यस्तै दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश कुमार सिंहले एक एक विकेट लिए ।यो जितसँगै नेपाल तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । अब नेपालले शुक्रबार घरेलु टोली स्कटल्याण्ड्सको सामना गर्नेछ ।

नेपालको शानदार जित
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]