०५ साउन २०८२, सोमबार

प्रेमीमाथि छुरा प्रहार ः युवतीको आक्रमणबाट युवक घाइते

सिरहा । सिरहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेका युवक र युवतीबीचको विवाद हिंसात्मक बन्दै गएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन् । छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोक कुमार महतो हुन्, जो गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् र हाल गोलबजार–४ मा भाडाको कोठामा बस्दै आएका थिए । घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको बताइएको छ ।

प्रहरीका अनुसार, युवती अचानक कोठामा पुगेकी थिइन् र अशोकमाथि छुरा प्रहार गरेपछि आफैँ घरको छतबाट हामफालेर भाग्न खोजेकी थिइन् । हामफाल्दा उनी पनि घाइते भएकी छन् । अशोकको उपचार गोलबजारस्थित भूमिजा अस्पतालमा भइरहेको छ भने युवती पनि सामान्य घाइते भएकी छन् ।

स्थानीयहरूका भनाइ अनुसार ती युवक–युवतीबीच पहिलेबाट नै प्रेम सम्बन्ध थियो, तर पछिल्लो समय उनीहरूबीच झगडा बढ्दै गएको बताइएको छ ।हाल युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ । घटनाको पछाडि के कारण थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

आक्रमणबाट युवक घाइते
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]