०५ साउन २०८२, सोमबार

जिप र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक जना घाइते

रौतहट । पर्साको पटनी चौकमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भारतको पूर्वी चम्पारण बस्ने ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।बहुदरमाई नगरपालिका–५, पटनी बस्ने १९ वर्षीय रोशन कुमार बर्णवालको अवस्था गम्भीर रहेको र उपचार भइरहेको पर्सा प्रहरीले जानएको छ ।

डकैला चोकबाट पटनीतर्फ आउँदै गरेको पल्सर मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो गाडी आपसमा ठोक्किएर दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

बहुदरमाई नगरपालिका अन्तर्गत महुवन नजिकै पटनी चौकमा शनिवार राती करिब साढे ९ बजे सवारी दुर्घटना भएको हो । सवारी दुर्घटनापछि दुवै साधन निर्माणाधीन नालीमा खसेपछि आगलागी भएको थियो । सखुवाप्रसौनी गाउँपालिकाको वरुण यन्त्र (दमकल) घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।आगोले जिप पूर्णरूपमा क्षतिग्रस्त भएको छ । घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

एक जनाको मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]