०५ साउन २०८२, सोमबार

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकम सहित एक जनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा विभिन्न सावारी र पैदल यात्रीहरुलाई रोकी जाँच गर्ने क्रममा युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौर–१ ट्रान्सफर्मर चोकका ३० वर्षीय मोहम्मद करमान रहेको प्रहरीले जानकारी दिएको छ ।

भारतको बैरगनियाबाट नेपाल आउने क्रममा करमानले चलाएको बिआर ०५ एई ७०५ नम्बरको मोटरसाइकल रोकी चेक गर्दा सिट मुनि र हेल्मेटमा लुकाई राखेको अवस्थामा उक्त रकम फेला परेको रौतहट प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए ।
उनका अनुसार १० लाख चार हजार पाँच सय नेपाली रुपैयाँ बरामद भएको हो । स्रोत नखुलेको रकमको बारेमा थप अनुसन्धान र कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]