०५ साउन २०८२, सोमबार

प्रादेशिक अस्पताल सिरहामा बालकको मृत्युपछि तनाव, अस्पताल अगाडि प्रदर्शन

सिरहा । सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक १२ वर्षीय नाबालकको मृत्यु भएपछि परिवारजन आन्दोलित भएका छन्

सिरहा नगरपालिका–६, बसबिट्टाका झल्कु महराका छोरा राजन महराको सोमबार बिहान उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । असहज महसुस भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
वडा नं. ६ का अध्यक्ष इन्द्रजित यादवका अनुसार, प्रादेशिक अस्पतालमा पटक–पटक उपचार गराउन आउने बिरामीहरूप्रति हेलचक्राइ हुने गरेको छ । ‘हामीले धेरैपटक सेवा सुधारको माग गर्यौं, तर बेवास्ता भयो,’ अध्यक्ष यादवले भने, ‘अस्पताल प्रशासनको लापरबाहीकै कारण नाबालकको ज्यान गएको हो ।’

राजनको निधनपछि आक्रोशित परिवारजन र स्थानीयबासीले अस्पताल गेट अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
यता, प्रादेशिक अस्पताल सिरहाका सूचना अधिकारी रामनारायण चौधरीले राजनलाई गम्भीर किसिमको रक्तअल्पता (सिभियर एनिमिया) भएको बताए । उनका अनुसार, बालकको हेमोग्लोबिन मात्रा २.५ ग्रामरडिएल मात्र थियो, जुन अत्यन्तै खतरनाक अवस्थामा पर्छ ।

‘बी–पोजेटिभ रगतको आवश्यकता थियो, रगत उपलब्ध भए पनि ब्लड ट्रान्सफरको तयारी भइरहेकै बेला उनको निधन भएको चौधरीले बताए ।
अस्पतालका आकस्मिक सेवा इन्चार्ज डा. नितेश कर्णले पनि बिरामीलाई आवश्यक परीक्षण र उपचार तत्काल सुरू गरिएको तर अवस्था अत्यन्तै नाजुक भएकाले बचाउन नसकिएको उल्लेख गरेका छन् ।

प्रादेशिक अस्पताल सिरहा बालकको मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]