०५ साउन २०८२, सोमबार

नेप्से परिसुचक एकै दिनमा ९.१९ अंकले वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक ९.१९ अंकले बढेर २६ सय ३१.४८ अंकमा पुगेर रोकिएको छ । यसअघि आइतबार नेप्से २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको थियो ।
यस दिन सेन्सेटिभ इण्डेक्स १.९५ अंकले बढेको छ, अघिल्लो कारोबार दिन यो इन्डेक्स ४.७० अंकले बढेको थियो । फ्लोट इण्डेक्स ०.७७ अंकले बढेको छ त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले बढेको छ

अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ । आज कुल ३१८ स्टकको ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको छ । आइतबार ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर खरिद बिक्री भएको थियो ।

यसदिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज ३२.४८ रुपैयाँले बढेर ३५८.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । धौलागरि लघुवित्त वित्यि संस्था लिमिटेडको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दै १३०.५६ रुपैयाँले बढेर १४६२.५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य पनि १७७.२२ रुपैयाँले बढेर २१११.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस्तै, सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर मूल्य पनि क्रमशः ७.८१ र ७.२१ प्रतिशतले बढेको छ ।यस दिन पञ्चकन्या माइ हाइड्रो पावर, ग्रिन डेभलप्मेन्ट बैंक र पिपुल्स हाइड्रो पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । पञ्चकन्या माइ हाइड्रोको शेयर मूल्य ४.९२ प्रतिशतले घटेको छ भने ग्रिन डेभलप्मेन्ट बैंक र पिपुल्स हाइड्रोको शेयर मूल्य क्रमशः ४.६५ र ३.७५ प्रतिशतले घटेको छ ।

आज साहस उर्जा लिमिटेड, सानीमामाई हाइड्रो पावर बुटवल पावर कम्पनी र सप्तकोशी हाइड्रोको शेयर सर्वाधिक कारोबार भएको छ ।

नेप्से
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]