Blurkart

२३ भाद्र २०८२, सोमबार

सप्तरीको भोक्राहा सडक दुर्घटनामा घाइते विङ्गर चालकको निधन

सप्तरी ।भोक्राहा सडक दुर्घटनामा गम्भीर घाइते भएका राजविराज–९ निवासी २४ वर्षीय प्रदीप यादव को उपचारका क्रममा मृत्यु भएको छ।

उहाँको असामयिक निधनले परिवार, साथी–भाइ र सम्पूर्ण समुदायलाई मर्माहत बनाएको छ। आज अल्पआयुमा नै कोहीको सिन्दूर, कोहीको छोरा, कोहीको पिता गुमाउनु परेको पीडा सबैका लागि असह्य बनेको छ।

यस दुर्घटनासँगै मृत्यु हुनेको संख्या ६ जनामा पुगेको छ। तर, यसको सम्पूर्ण जिम्मेवारी केवल चालकको मात्र नभई यातायात प्रणाली र व्यवस्थापनको कमजोरीमा पनि रहेको पीडित पक्षको भनाइ छ।

विङ्गर जस्ता सवारी साधनहरूलाई व्यवस्थित गर्न नसक्दा निरन्तर दुर्घटनाहरू भइरहेका छन्। सम्बन्धित निकायलाई बारम्बार युवाहरूले ध्यानाकर्षण गराउँदै आए पनि गम्भीर चासो नदिएको स्थानीयको आरोप छ।

यस घटनाले फेरि एकपटक यात्री सुरक्षामा राज्यको लापरबाही र नियमनको अभाव स्पष्ट पारेको छ।
मृत आत्माको स्वर्गीय बास र परिवारलाई धैर्य–धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]