०६ साउन २०८२, मंगलबार

कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा ३ जना पक्राउ

मृतक जगदीश पन्त ।

५ साउन, काठमाडौं । कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका- १ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका-९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका- १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाललाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए ।

धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताए ।

पन्त जानकी गाउँपालिका-४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए । शनिबार दिउँसो उनको शंकास्पद मृत्यु भएको थियो ।

टीकापुर नगरपालिका-१ को मुनुवा रोडमा रहेको लोकल स्टेशन कटेजमा खाजा खाने बेला बेहोस भएको भन्दै उनीसँगै रहेका साथीहरूले टीकापुर अस्पताल पुगाएका थिए । तर, चिकित्सकले मृत घोषणा गरे ।

पन्तलाई विष खुवाएको आरोपमा तिनै साथीहरू पक्राउ परेका हुन् । उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कैलाली शिक्षकको हत्या
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]