Blurkart

२३ भाद्र २०८२, सोमबार

१४ लाख बढी हुन्डी रकमसहित पर्साबाट दुईजना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्जको इदगाहचोकबाट १४ लाख बढी हुन्डी रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर– २ निवासी संजयकुमार साह र बारा महागढीमाई नगरपालिका निवासी शनिकुमार ठाकुरलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जाँच चलाउँदा १४ लाख १३ हजार ५ सय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए ।

उनका अनुसार प्रहरीलाई स्रोत नखुलेको रकम बोकेर दुई जना आइरहेको सूचना आएको थियो, सोही बमोजिम मोटरसाइकल रोकेर जाँच गर्दा उक्त रुपैयाँ फेला परेको हो ।

उनीहरूको साथबाट प्रहरीले बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ ।

मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइछिपाइ ल्याउँदै गरेको एक हजार दरका दश लाख र ५ सय दरका ४ लाख १३ हजार रुपैयाँ फेला परेको प्रहरीले बताउँछ ।

हुन्डी रकमसहित पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जनामाथि आजै म्याद थपको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुईजना पक्राउ पर्सा हुन्डी रकमस
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]