Blurkart

२४ भाद्र २०८२, मंगलबार

मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

जनकपुर । मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले आफ्नो कुरा राख्ने समय दिएका थिए ।

प्रमुख प्रतिपक्षका सांसदहरुले २०८२÷०८३ को बजेट वक्क्तव्यमा विपक्षी बिना बहुमत पद्धतीबाट बजेट पारेत गरिएको, नाटकीय रुपमा कार्यदल गठन गरी कार्यदलमा सरकारकै प्रतिनिधिलाई राखिनु र समस्या समाधान गर्नुको साटो अल्पमत र बहुमतको खेल गरेको आरोप लगाएका छन् ।

बहुमतको बल प्रयोग गरी बजेट पास गरेकाले अब ऐन कानुन बनाउन किन हामीलाई खोज्नुपर्यो भनेर प्रमुख प्रतिपक्षका सांसदहरुले प्रश्न गरेका छन् ।

उनीहरुले बजेटमा देखिएको अनियमितता, बिचौलिया हाबी र रेड बुकमा देखिएको गडबडीलगायतका समस्या समाधान नभएसम्म र अर्थमन्त्रीले राजीनामा नदिएसम्म आफूहरुले बैठक अवरुद्ध राख्ने चेतावनी दिएका छन् ।

साथै पहिला गठन गरिएको संसदीय छानबीन समितिले अहिलेसम्म कार्यान्वयन किन भएन भनेर उनीहरुले समामुख मण्डललाई प्रश्न गरेका थिए ।

त्यसपछि समाभुख मण्डलले मधेश प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको घोषणा गरे । करिब १ महिनापछि बसेको बैठक हिजो पनि जसपा नेपालका सांसदसहित प्रमुख प्रतिपक्षका सांसदहरुले अर्थमन्त्रीको राजिनामा माग गर्दै अवरुद्ध गरेका थिए ।

मधेश प्रदेश सभा बैठक स्थगित
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]