Blurkart

२४ भाद्र २०८२, मंगलबार

चीन र भारत प्रतिद्वन्द्वी होइनन्, साझेदार हुन्’

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन र भारत प्रतिद्वन्द्वी नभई सहयोगी साझेदार देश भएको औंल्याएका छन् । उनीहरुले दुई देश एकअर्काको लागि खतरा नभई विकासका अवसर भएको बताए ।

आइतबार र सोमबार हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलन २०२५ अघि दुई नेताहरू उत्तरी चिनियाँ बन्दरगाह शहर तियानजिनमा भेटेका थिए।
सीले गत वर्ष मोदीसँग भएको सफल भेटघाटको स्मरण गरे । उक्त भेटले चीन–भारत सम्बन्धलाई पुनस्र्थापित गर्न र नयाँ सुरुवात गर्न सक्षम बनाएको साथै दुई देशहरू बीचको आदानप्रदान र सहयोगले नयाँ प्रगति गरेको स्मरण गरे ।

चीन र भारत प्राचीन सभ्यताहरू, विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका देशहरू र ग्लोबल साउथका महत्त्वपूर्ण सदस्यहरू हुन् भन्ने कुरा उल्लेख गरे । सीले दुई देशले दुई जनताको कल्याणमा सुधार गर्ने, विकासशील देशहरूको एकता र पुनरुत्थानलाई प्रवद्र्धन गर्ने र मानव समाजको प्रगतिलाई अगाडि बढाउने महत्वपूर्ण जिम्मेवारी वहन गर्ने बताए ।
चीन र भारतले राम्रो सम्बन्धमा छिमेकी बन्नुपर्छ र एकअर्कालाई सफल हुन मद्दत गर्ने साझेदार बन्नुपर्छ भन्ने सीको धारणा थियो ।

यस वर्ष चीन–भारत कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सव भएको कुरा उल्लेख गर्दै सीले दुई देशले द्विपक्षीय सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्न र सम्हाल्न आवश्यक रहेको बताए ।

यता, मोदीले भारत र चीन प्रतिद्वन्द्वी नभइ साझेदार रहेको र सहमति असहमतिभन्दा धेरै माथि रहेको उल्लेख गरे । उनले भारत द्विपक्षीय सम्बन्धलाई दीर्घकालीन दृष्टिकोणबाट हेर्न र विकास गर्न तयार रहेको उल्लेख गरे ।

मोदीले पारस्परिक विश्वास, सम्मान र संवेदनशीलताको सिद्धान्तमा चीनसँगको सम्बन्धलाई अगाडि बढाउने भारतको प्रतिबद्धता रहेको उल्लेख गरे ।
उनले गत वर्षको कजान वार्तापछि भएको प्रगतिको उल्लेख गर्दै जसमा सीमा विच्छेदन, कैलाश मानसरोवर तीर्थयात्रा मार्ग पुनः खोल्ने र प्रत्यक्ष उडानहरू पुनः सुरु गर्ने विषय उठाएका थिए ।


चीन र भारत मोदी सी जिनपिङ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]